Tuesday, November 18, 2008

बाबुराम कारबाहीमा पर्दा खसी र जेरी

विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए :

६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले । राजनीति भने तातेको थियो सरकारसँगको वार्ताले । गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे अचानक बुटवल आउनुभयो । युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो । त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो । उहाँले मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो । तर, ठाउँ भने बताउनुभएन । उहाँले भन्नुभयो- 'भाग्यमानी रै'छस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् । तँलाई दिएको काममा सफल हुनू !'
म त्यतिवेला एसएलसी दिएर बसेको थिएँ । त्यो काम के होला भन्ने उत्सुकता मेरो मनमा आइरह्यो । बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग । प्रश्न मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ म ।


लखनउ रेल्वेस्टेसनमा मैले थाहा पाएँ मलाई बाबुराम भट्टराईको सहयोगीका रूपमा लगिँदै छ । भर्खर माओवादीमा प्रवेश गरेको मजस्तो आलोकाँचोलाई दिएको त्यति ठूलो जिम्मेवारीले मेरो मन 'चङ्गा' भयो ।
रेल्वेस्टेसनबाट १५ मिनेटको टेम्पोयात्रापछि तीनतले घरमा मलाई लगियो । त्यहाँ चारजना थिए, दुई महिला दुई पुरुष । बाबुराम र लेखराजलाई पहिल्यै चिन्थँे म । अपरिचित दुई महिलामध्ये एउटी हिसिला यमी र अर्की लेखराज भट्टकी श्रीमती रहिछन् । बुबाले चिनाएपछि थाहा पाएँ । त्यस दिन बाबुराम सर वार्ताका लागि नेपाल जाँदै हुनुहुन्थ्यो । हिँड्ने वेलामा भन्नुभयो- 'कमरेड ! हिसिलासँग दिल्ली जानुस् । बाँचिएछ भने र्फकेर आइन्छ ।' त्यो सुनेर मेरो मुटु काँप्यो ।
त्यसको भोलिपल्ट म र हिसिला म्याडम दिल्ली हिँड्यौँ । बाबुराम सरलाई जवान, राजनीतिमा रुचि राख्ने, अनुशासित सहयोगी चाहिएको रहेछ । गोपनीयता, अध्ययनशीलता, कम खर्चालु र साधारण जीवनशैली त्यसका अरु 'क्राइटेरिया' रहेछन् । मलाई बुबाले भनिसक्नुभएको थियो । पछि हिसिला यमीबाट पनि थाहा पाएँ । त्यसमा म जसरी पनि 'पास' हुनु'थ्यो । फेल भए सिधै घरफिर्ती ।

दिल्ली रोहिणी सेक्टर- १५ मा चारतले घर थियो । घर गुलाबी रङको थियो । दिल्ली पुगेको भोलिपल्ट हिसिला म्याडमले दिल्ली घुमाउन लैजानुभयो । त्यस दिन दुई जोर लुगा किनेँ मैले । त्यसबेला एकैपटक दुई जोर लुगा किन्नु निकै ठूलो कुरा थियो ।
मलाई दिल्लीबारे धेरै जान्नु थियो । त्यसैले धेरै दिन एक्लै हिँडँ म । गल्ली चहारँ । रेलको टिकट काट्न सिकँ । विनालक्ष्य पब्लिक/प्राइभेट बसमा चढँ । बस नचिन्दा जरिवानासमेत तिर्नुपर्‍यो मैले । प्राइभेटजस्तो लागेर चढेको पब्लिक रै'छ । टिकट नकाटेकाले एक सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । जरिवानाभन्दा त्यहाँ भारतीयको बोली रुखो लाग्यो मलाई ।

मेरो मुख्य काम बाबुराम सरका लागि नेपाली पत्रपत्रिका ल्याउनु, आर्टिकल टाइप गर्नु र उहाँलाई चाहिएको सामान खरिद गरेर ल्याउनु थियो । मैले स्कुलमा कम्प्युटर सिकेको थिएँ । इन्टरनेट आउँदैनथ्यो । त्यो मलाई हिसिला म्याडमले सिकाउनुभयो । इन्टरनेट हामी बसेको घरमा नभएकाले त्यहाँबाट १० किलोमिटर पर गएर ल्याउनुपथ्र्यो । मैले त्यो सब बाबुराम सर नआउँदै सिकँ । नेपालमा सरकारसँगको वार्ता असफल भएछ । बाबुराम सर इलाहाबाद आउनुभयो भन्ने खबर पाएँ मैले, मलाई त्यतै जानुपर्ने भयो । इलाहाबादमा शर्माजीको घर थियो । इलाहाबाद जाँदा हामी प्रायः त्यहीँ बस्थ्यौँ । त्यहाँ दुई दिन बसेर हामी दिल्ली फर्कियाँ ।


इलाहाबाद पुग्दा बाबुराम सर चिन्तित अवस्थामा हुनुहुन्थ्यो । वार्ता असफल भएको थियो । दुई दिन बसेर हामी दिल्ली फर्कियौँ ।
दिल्ली पुगेको भोलिपल्ट कसैले ढोका ढक्ढकायो । म ढोका खोल्न गएँ । छिर्केमिर्के जुँगा फुलेको अधबैँसे मानिस ढोकाबाहिर थिए । ती मानिसलाई चिनेजस्तो, देखेजस्तो लाग्यो मलाई । तर, ठ्याक्कै ठम्याउन सकिनँ । ती मानिसले मसँग सोधे- 'तिमी भक्तिका छोरा होइनौ ?' मलाई चिनेको देखेर अचम्म लाग्यो । उनी सरासर बाबुराम सरको कोठामा गए । बाबुराम सरको कोठाबाट केही बेरमा ती बाहिरिए । हिसिला म्याडमले सोध्नुभयो, चिन्यौ ?'
'अहँ', मैले अन्योलपूर्ण मुद्रामा जवाफ दिएँ ।

'प्रचण्ड', जवाफ अनपेक्षित थियो । म जिल्ल परेँ । जनयुद्धका नायक मेरा अगाडि आएर गए, तर मैले थाहै पाइनँ ।
उहाँ गएको केही बेरमै बाबुराम सरले एउटा पेपर टाइप गर्न लगाउनुभयो । त्यसमा सरकारसँग वार्ता असफल भएको र युद्धविराम भंग गरिएको लेखिएको थियो । मैले टाइप गरेँ र साइबर गएर नेपाल र नेपालबाहिर चलेका सबै पत्रपत्रिकालाई 'मेल' गरेँ । 'मेल' गर्दा हामीले फरक-फरक 'आइडीबाट' पठाउँथ्यौँ । भोलिपल्ट इन्डिया टाइम्सले बाबुराम सरको फोटोसहित युद्धविराम भंग भएको समाचार छाप्यो । तैपनि, त्यस घरभेटीले बाबुराम सरलाई चिनेन । मलाई घरभेटीको 'मोटो नजर' देखेर अचम्म लाग्यो ।
बिहान कालो चिया, आठ बजेतिर सुक्खा रोटी र सब्जी खाने बानी थियो बाबुराम सरको । एक बजे खाना खानुहुन्थ्यो । त्यो सबै हिसिला म्याडमले तयार गर्नुहुन्थ्यो । बाबुरामले बेलुका पनि रोटी खानुहुन्थ्यो । जम्मा दुइटा, न कम, न बढी ।
उहाँ फोन गर्नुपर्दा बाहिर निस्कनुहुन्थ्यो । सरसँग मोबाइल त थियो, तर सुरक्षाका कारण त्यो मोबाइल सबैलाई दिनु ठीक थिएन । त्यो नम्बर पनि तीन/चारजना उच्च नेतासँग मात्रै हुन्थ्यो । उहाँ बाहिर जाँदा जहिले पनि पब्लिक बसमा जानुहुन्थ्यो । अटो या ट्याक्सी प्रयोग गर्नुहुन्नथ्यो, खर्च जोगाउन ।

हिसिला म्याडम सँगै हुँदा मलाई धेरै सजिलो हुन्थ्यो । तर, उहाँ पार्टीको कामका लागि बाहिर गइरहनुहुन्थ्यो । एकपटक म्याडम दुई महिनासम्म दिल्ली आउनुभएन । म बिहान सरलाई खाना खुवाएर पत्रिका लिन साइबर जान्थँ । जान-आउन दुई घन्टाभन्दा बढी लाग्थ्यो । त्यस समयमा सरले घरका सबै भाँडा माझेर राख्नुहुन्थ्यो । त्यो दुई महिना काट्न मलाई धेरै गाह्रो भयो । हिसिला म्याडम हुँदा खाना खाँदा र अरु बेला पनि बोलिरहनुहुन्थ्यो । बाबुराम सर भने निकै कम बोल्ने । उहाँलाई किताब भएपछि पुग्ने । उहाँ सुत्ने कोठाभरि किताब थिए । उहाँ बेलुकीपख मात्र छतमा निस्कनुहुन्थ्यो । मलाई त्यतिवेला बोल्ने मान्छे नभएर ऐना हेरेर आफैंसँग कुरा गरौँ जस्तो हुन्थ्यो । त्यतिवेला मलाई 'नेपाल पुग्न पाए माटो खान्थेँ' जस्तो भयो ।
त्यहाँको सात महिनाजतिको बसाइपछि हामी सुरक्षाका लागि नोयडा सर्‍यौँ । त्यो पहिलाको घरभन्दा व्यवस्थित थियो । सबै सामान त्यही प्लानिङमा पाइन्थ्यो । नेपालीको मःम-पसल पनि थियो त्यहाँ । त्यसैले मलाई अलि रमाइलो लाग्यो ।
एकदिन म सब्जी किन्न जाँदा मःम खान गएँ । प्रचण्डपुत्र प्रकाश पनि त्यहीँ मःम खाँदै हुनुहुँदो रै'छ । मलाई देखेर उहाँ लुक्नुभएछ, 'नेपालीमा कुरा गर्छ र पोल खुल्छ' भन्ने डरले । मलाई उहाँले पछि भन्नुभयो ।
बाबुराम सरसँग मैले धेरै कुरा सिकँ, विशेषतः कम्युनिस्ट राजनीतिका विषयमा । बाबुराम सरले मलाई पहिलोपटक पढ्न लेलिनको राज्यक्रान्ति र महान् बहस दिनुभयो । त्यो हिन्दीमा थियो । मैले पढेँ, तर बुझिनँ । तेस्रो पटकमा अलिकति बुझँ मैले । मैले त्यस समयमा राजनीतिका धेरै खेलबारे थाहा पाएँ ।


२०६२ भदौतिर इलाहाबादमा बस्दा म नराम्ररी बिरामी भएँ । मलाई जन्डिस र ज्वरो एकैपटक आयो । त्यतिवेला हिसिला म्याडम पनि कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । पूरै एक महिना बिरामी भएँ म । घरायसी कामदेखि मलाई स्याहार्नेसम्मका काम बाबुराम सरले गर्नुभयो त्यतिवेला । बाबुराम सरलाई रोटी खाने बानी थियो । तर, उहाँलाई रोटी पकाउन आउँदैनथ्यो । जन्डिस भएकाले मलाई केही खानै हुँदैनथ्यो । खायो कि बान्ता भइहाल्ने । उहाँ दालभात, सब्जी पकाउनुहुन्थ्यो । कहिलेकाहीँ त मलाई बनाएको जाउलोमै चित्त बुझाउनुभो । त्यहाँ घरमै इन्टरनेट थियो । त्यसैले समाचार लिन जानुपर्ने समस्या थिएन ।
मलाई बाबुराम सरसँग फोटो खिच्न खुब रहर लाग्थ्यो । तर, सुरक्षाका कारण उहाँ फोटो खिचाउन नमान्ने । बाबुराम सरलाई म आग्रह गरिहन्थँे । आजित भएर उहाँले बुबालाई फोन नै गर्नुभएछ- 'उनी सधँ फोटो खिचौँ भन्छन् । तपाईंले सम्झाइदिनुपर्‍यो ।'
त्यसपछि मैले फोटो खिच्न भनिनँ ।

०६१ सालमा बाबुराम सरसहित चारजनालाई भिन्न मत राखेका आधारमा पार्टीले कारबाही गर्‍यो । त्यो भिन्न मत चारबुँदे र १३ बुँदे मैले नै अध्यक्ष प्रचण्डलाई दिएको थिएँ । म त्यतिवेला रोल्पा खरिबोटमा थिएँ । थवाङमा बैठक चलिरहेकाे थियो । माघ १८ गते एउटा छापामारले मलाई बाबुराम सरलाई कारबाही गरिएको सूचना रुँदै दिइन् । त्यो सुनेर म पनि रातभर रोएँ । भोलिपल्ट माघ १९ गते बाबुराम, दिनानाथ, हिसिला, देवेन्द्र पौडेल र मणि थापा खरिबोट आउनुभो । त्यही दिन राजाले 'कू' गरेका थिए ।
तर, कारबाहीबाट बाबुराम सर भने दुःखी हुनुहुन्थेन । जनसेनाहरू दुःखी थिए । अरूलाई अलि खुसी बनाउन उहाँले खसी काट्न लगाउनुभयो । हामीले त्यस दिन जनसेनाले बनाएको जेरी पनि खायाँै ।
पछि, बाबुराम सरले आफूलाई कारबाही गरिएका विषयमा बताउनुभयो ।

त्यस रात म सुत्न सकिनँ, रोएँ पनि धेरै बेर । तर, राजाको 'कू' सँगै प्रचण्डले बाबुराममाथिको कारबाही अनौपचारिक रूपमा फिर्ता लिइसक्नुभएको थियो । बाबुराम सरले आफूमाथि कारबाही भएकामा नेपालीमाझ गलत सूचना नजाओस भनी कारबाहीको कारण तीनबुँदे र १३ बुँदे भिन्न मत सुरक्षित गर्न मलाई दिनुभएको थियो । मैले एउटा फिल्मको क्यासेटमा रेकर्ड गरेर पठाएको पनि थिएँ ।
पछि, बाबुराम सर र अध्यक्ष प्रचण्डको कुरा मिल्यो । त्यसपछि सात पार्टीसँग वार्ता गर्ने जिम्मा बाबुराम सरलाई दिएर औपचारिक रूपमा अध्यक्ष प्रचण्डले दिल्ली पठाउनुभयो । हामी त्यस दिन १२ घन्टा हिँड्याँ ।

दिल्ली पुगेपछि बाबुराम सरले नेपालमा रहेका सात पार्टीका प्रमुख नेतासँग सम्पर्क बढाउनुभो । सिटौला, शेखर कोइरालाहरू दिल्ली आए र उनीहरूसँग वार्ता निरन्तर चलिरह्यो । कहिले फोनबाट त कहिले भेटेर नै । ०६२ जेठको अन्त्यमा गिरिजासँग भेटघाट गर्ने सहमति बन्यो र अध्यक्ष पनि रोल्पाबाट दिल्ली पुग्नुभयो । अनि, जेठको अन्त्यमा हरियाणाको गुडगाँव भन्ने ठाउँमा एकजना माओवादी समर्थक नेपालीका घरमा भेटघाटको आयोजना गरियो । त्यस भेटघाटमा कांग्रेसबाट गिरिजा, शेखर, सिटौला, एमालेबाट झलनाथ खनाल अनि माओवादीबाट अध्यक्ष प्रचण्ड, बाबुराम र महरा थिए । त्यस वार्तापछि माओवादीले तीन महिने युद्धविराम गर्‍यो ।

मंसिरमा १२ बुँदे सहमति गर्ने समयमा दिल्लीको खानपुरस्थित देवली गाउँको माओवादी समर्थकको चारतले घरको सबभन्दा माथिल्लो फ्ल्याटमा वार्ताका निम्ति ठाउँ तयार पारिएको थियो । प्रचण्ड, बाबुरामसहितको टोली वार्ता गर्ने स्थलमा पुगिसकेको थियो । पछि माधव नेपाल, केपी ओली, शेखर कोइराला, सिटौला र नारायणकाजी श्रेष्ठ पनि आउनुभयो । गिरिजा आउँदै हुनुहुन्थ्यो ।
सिटौला र शेखरलाई चौथो तलामा लगेपछि उहाँहरूले गिरिजा त्यति माथि जान नसक्ने, बोकेर लगे पनि बेहोस हुनसक्ने बताएपछि त्यो 'वार्ता-स्पट' परिवर्तन गर्नुपर्‍यो । तत्काल एकतले घर मिलाइयो । त्यस दिनसम्म १२ बुँदेको मस्यौदामा पाँचपटक संशोधन भइसकेको थियो । त्यस दिन १२ बुँदेमा कमा र फुलस्टप पनि परिवर्तन नगर्ने सहमति बन्यो । त्यसपछि गिरिजा हिँड्नुभयो । अरू सबै नेता त्यहीँ थिए ।

ड्राफ्ट बनाइसकेपछि त्यस दिन मलाई बाबुराम सरले बेस्सरी हपार्नुभयो । भएछ के भने, ओली सरले बीचमा मसँग ड्राफ्ट मागेर लिनुभएको थियो । उहाँले थप्नुभएको रै'छ ।
मैले त्यो पनि टाइप गरेँ । ड्राफ्ट तयार भएपछि बाबुराम सरले मलाई गाली गर्नुभयो । त्यस दिन नखाएको विष मलाई लाग्यो । सबका अगाडि नराम्ररी गाली खाएँ मैले । पछि, त्यो काम ओली सरको हो भन्ने थाहा पाएपछि बल्ल सर मसँग हाँस्नुभयो । त्यस दिन प्रचण्ड र बाबुरामको अनुहारमा पहिले कहिल्यै नदेखेको हाँसो देखेँ ।

प्रमिला देवकोटा
shovabi@gmail.com

(साभार: नयाँपत्रिका)

Tuesday, October 28, 2008

फेरि जन्मनेछन् लक्ष्मीप्रसाद

इतिहासले मागेको छ समाजले पुकारेको छ
तसर्थ फेरि जन्मनेछन् लक्ष्मीप्रसाद
घात प्रतिघातले आघात समाजमा
साम्प्रदायिक कलहको खटिरामा
मल्हम लगाउन यात्री बनि फर्कनेछन्
कथित स्वतन्त्रता योद्दाहरुलाई
आमाको अस्मिता लुट्नबाट रोक्नलाई
चेतना पुरुष बनि फर्कनेछन् लक्ष्मीप्रसाद
घृणालाई सद्भावमा बदल्नलाई
मदन बनेर आउनेछन् लक्ष्मीप्रसाद
भविष्यको सुन्दर सपना साँचेर
पराई माटोमा मरेका धर्तीपुत्रको गाथा लेख्न
हिजोका भिखारीलाई सडकबाट उठाई
समानता र न्याय बितरण गर्न
गरिबको युगनायक बनेर आउनेछन् लक्ष्मीप्रसाद
अनि कथित अभिजात्यको अहँकार तोड्न
फेरि जन्मनेछन् लक्ष्मीप्रसाद
अभाव र गरिबीको सामना गर्दै
समाज परिवर्तनको कथा बोकेर
फेरि जन्मनेछन् लक्ष्मीप्रसाद
इतिहासको गर्भबाट जन्मनेछन्
युगको लक्ष्मीप्रसाद बनि
समानता र न्यायको महाकवि बनि

नविन गौतम (दक्षिण कोरिया)
२०६५।७।१२, साँझ ४:३० बजे
सन्दर्भ: लक्ष्मीजयन्ती

Saturday, June 21, 2008

महिला र कुमारीत्व

इलाइन साइओलाइन/साउद मोखेनेत

पेरिसको निजी क्लिनिकमा ३० मिनेटको सफल शल्यक्रियापछि २३ वषर्ीया मोरक्कन युवतीले नया“ जीवन पाएको महसुस गरिन् । शल्यक्रिया कक्षबाट बाहिर निस्क“दा उनको शरीरमा १० वटा टा“का लगाइएको अर्धवृत्ताकार घाउ थियो । मानसिक रूपमा उनमा आफू फेरि कुमारी भएको भ्रम पलाएको थियो ।
दर्ुइ हजार नौ सय अमेरिकी डलर तिरेर गरिएको यो शल्यक्रियालाई 'हाइमेनोप्लास्टी' भनिन्छ । यसमा युवतीको योनिको पातलो झिल्ली -जसलाई अंग्रेजीमा हाइमन भनिन्छ) शल्यक्रियाबाट पुनःस्थापन गरिन्छ । युरोपका मुस्लिम महिलामा यो शल्यक्रिया गर्ने क्रम बढेको छ ।
पहिलो यौनसर्म्पर्कका बेला यो झिल्ली नष्ट भई रगत बहन्छ भन्ने मान्यता रहिआएको छ । कतिपय समाजमा विवाहपछिको पहिलो रातको सहवासपछि योनिबाट रगत बहे/नबहेको आधारमा उसको कुमारीत्व निक्र्योल गरिन्छ । तर व्यावहारिक रूपमा यौनसर्म्पर्कले मात्र होइन, सामान्य शारीरिक कसरतबाट पनि यो झिल्ली फुट्छ ।
'हाम्रो संस्कारमा कुमारी नहुनु भनेको फोहोरी हुनु हो', शल्यक्रियापछि क्लिनिकको शैयामा आराम गरिरहेकी ती विद्यार्थीले भनिन्- 'अहिले मेरोलागि सबभन्दा उपलब्धि भनेको आफ्नो कुमारीत्व फेरि प्राप्त गर्नु हो ।'
मुुस्लिम युवतीहरू युरोपेली समाजले दिएको स्वतन्त्रता र आफ्नो समुदायभित्र निर्वाह गर्नुपर्ने परम्पराको फन्दामा छन् । कुमारीत्व पुनःस्थापित गर्न शल्यक्रियाको सहारा लिनु यसैको परिणाम हो ।
केही वर्षता युरोपमा धेरै मुस्लिम महिला कुमारीत्वको प्रमाण खोज्न शल्यक्रियाको सहारा लिनथालेको स्त्रीरोग विशेषज्ञ बताउ“छन् । 'कस्मेटिक र्सजन'कहा“ गएर यौन झिल्ली पुनःस्थापित गर्ने क्रम बढेको छ । सफल शल्यक्रियाले विवाह अघिको यौनसर्म्पर्क वा अन्य कारणले यौन झिल्ली गुमाइसकेका युवतीमा आफ्नो कुमारीत्व फर्किएको भ्रम पलाउ“छ । उनीहरू विवाहको पहिलो रात योनिबाट बहने रगत देखाएर आफ्ना जीवनसाथीलाई कुमारीत्वको प्रमाण दिनसक्छन् ।
यो शल्यक्रियाबारे इन्टरनेटमार्फ व्यापक प्रचार-प्रसार भइरहेको छ । सस्तो सेवा पाइने ट्युनिसियाजस्ता देशमा पनि यसको
सुरु भइसक्यो ।
'युरोपको खुला समाजमा हर्ुर्केका मुस्लिम महिला पनि विवाहअघि सजिलै यौनसर्म्पर्क राख्छन्', लन्डनका शल्यचिकित्सक हिचाम मोउलिम भन्छन्- 'मुस्लिम केटास“ग विवाह गर्ने इच्छा छ र पहिलो रातको यौनसर्म्पर्क सम्बन्धी मान्यताका कारण पछि कुनै समस्या नआओस् भन्ने चाहनुहुन्छ भने यो शल्यक्रियाबाट सजिलै झिल्ली पुनःस्थापित गर्न सकिन्छ ।'
कति महिलाले यस्तो शल्यक्रिया गरेका छन् भन्ने विश्वसनीय तथ्यांक छैन, किनकि यो धेरैजसो निजी क्लिनिकमा हुन्छ र कर तथा बिमा सुविधाभित्र पनि पर्दैन ।
झिल्ली पुनःस्थापनको विषयमा धेरै चर्चा भएका छन् । इटालीमा गतसाता पर््रदर्शन सुरु गरिएको हा“स्य चलचित्रले यसलाई आफ्नो मुख्य विषय बनायो । अंग्रेजीमा रूपान्तरित 'ओमन्स हार्टस' भन्ने सिनेमामा मोरक्कोमा जन्मिएकी इटालियाली महिला हाइमनोप्लास्टी शल्यक्रियाका लागि कासाब्लान्का गएको कथा देखाइएको छ ।
'यो वास्तवमा सबैका लागि सुन्दर अभ्यास हो भन्ने हामीले महसुस गरेका छौं', फिल्म निर्देशक डेभिड सोर्डर्ेेले भने- 'मुस्लिम महिला इटालीमा बस्न सक्छन् । हाम्रो मानसिकता अंगीकार गर्न सक्छन्, जिन्स लगाउन सक्छन्, तर उनीहरूमा आफ्नो संस्कृतिविरुद्ध जाने बल सधैं हु“दैन ।'
यो सिनेमाले पmान्समा खुबै चर्चा पायो । ४० वर्षअघिको लैङ्गकि क्रान्तिस“गै दबिएको भनिएको 'कुमारीत्वको महत्त्व' सम्बन्धी विषयमा यसले नया“ बहस सुरु
गरेको छ ।
सन् २००६ मा बिहे गरेका एक दम्पतिको वैवाहिक सम्बन्ध खारेज गर्ने निर्ण्र्ाागतसाता उत्तरी पmान्सको अदालतले गर्‍यो । किनकि केटाले आफ्नी श्रीमती विवाहअघि कुमारी थिइनन् भन्ने थाहा पाए ।
यसैगरी ३० वर्षा एक इञ्जिनियरले सुहागरात कक्षबाट बाहिरिएर विवाहको भोज खाइरहेका पाहुनालाई भने, 'मेरी श्रीमतीले ढा“टेकी रहिछन् ।' त्यस रात उनले आफ्नी नवविवाहित दुलहीलाई माइती फिर्ता पठाइदिए । अर्को दिन ती इञ्जिनियर सम्बन्धविच्छेदका लागि वकिलकहा“ पुगे । नर्सिङ पढ्दै गरेकी २० वषर्ीया दुलहीले पनि उनको आरोप स्वीकार गर्दै सम्बन्धविच्छेदका लागि राजी भइन् ।
अदालती निर्ण्र्ााा धार्मिक विश्वासको कुरा उल्लेख थिएन । यसले सहमति उल्लंघन भएको पक्षलाई आफ्नो निर्ण्र्ााो आधार बनाएको थियो । इञ्जिनियरले केटी अविवाहित र कुमारी भएको आधारमा उनीस“ग बिहे गरेका थिए । यस अर्थमा ती केटीले सहमति उल्लंघन गरेको अदालतको ठहर थियो । धर्मनिरपेक्ष राष्ट्र पmान्समा यो मुद्दाले समाजका धेरै समवेदनशील विषय छोएको छ ः दैनिक जीवनमा धार्मिक मान्यताले पार्ने
असर, वैवाहिक सम्बन्धविच्छेदका आधार र
लैङ्गकि समानता ।
यो आदेश र्समर्थन गरेकामा संसदले पmान्सका कानुनमन्त्री राचिदा दातीको राजिनामा माग्यो । मुस्लिम समुदायकी दातीले एक कदम हटेर पुनरावेदनको आदेश दिइन् ।
केही महिलावादी, वकिल र डाक्टरले पनि उक्त निर्ण्र्ााो आलोचना गरेका छन् । यसले अरब र अप्रिmकाबाट आएका मुस्लिम पृष्ठभूमिका महिलालाई यौन झिल्ली पुनःस्थापन गर्न प्रेरित गरेको र 'कुमारीस्त्वमा केन्द्रित' विषयलाई कानुनी मान्यता दिएको उनीहरूको आरोप छ ।
'पmान्समा रहेका मुस्लिम महिलाका लागि यो फैसला धोका थियो', महिलावादी लेखिक एलिजावेथ वाडिन्टरले भनिन्- 'यसले कानुनको आ“खामा पनि कुमारीत्व महत्त्वपर्ूण्ा रहेछ भन्ने निराशाजनक सन्देश दिन्छ । धेरै महिला भन्न थाल्नेछन्- 'हे भगवान, म यस्तो खतरा मोल्न सक्दिन । म मेरो कुमारीत्व पुनःस्थापन गर्छर्ुु'
अदालतको निर्ण्र्ााे कानुनी रूपमा अस्वीकृत गराइएकी तिनै नवविवाहित महिलाको पीडा देखेर ती मोरक्कन युवती शल्यक्रिया गर्ने निधो
गरेकी हुन् ।
उनी आफूले कहिल्यै यौनसर्म्पर्क नराखेको बताउ“छिन् । आफ्ना श्रीमान र उसको परिवारलाई यौनसर्म्पर्कका क्रममा झिल्ली च्यातियो भन्ने प्रमाण दिनमात्र यो शल्यक्रिया गरेको उनको कथन छ । '१० वर्षी छ“दा म एकचोटी घोडा चढेकी थिए“ । त्यतिखेरै -योनिबाट) रगत बगेको थियो', उनले भनिन्- 'सम्भवतः त्यही बेला झिल्ली फाटेको हुनसक्छ ।'
दर्ुघटनाका कारण आफूले कुमारीत्व गुमाएको प्रमाणित गर्न नसकिने हु“दा शल्यक्रियाका लागि गोप्य रूपमा पैसा जुटाएको
उनी बताउ“छिन् ।
'यतिखेर पmान्समा कुमारीत्वको ठूलो महत्त्व छ', उनले भनिन्- 'अहिले सबैको गफको विषय बनेकी र टेलिभिजनमा पनि देखाइएकी तिनै केटी -नवविवाहित) जस्तो हुन
म चाहन्न ।'
शल्यक्रिया गर्नेहरू भने आफूले बिरामी महिलाको सशक्तिकरण गरेको बताउ“छन् । तिनीहरूले बाबु वा दाजुभाइबाट दर्ुर्व्यवहार सहन नपरोस् र राम्रँे भविष्य निर्माण गर्न सकुन् भनी यस्तो काम गरेको उनीहरूको तर्क छ ।
'यसको वकालत गर्ने म को हु“ र -' मोन्टपिलरका ती मोरक्कन युवतीको झिल्ली पुनःस्थापन गरेका डाक्टर मारक एब्कासिसले भने- 'अमेरिकामा मेरा साथीहरू छन् । आफ्ना श्रीमानलाई भ्यालेन्टाइन डेको उपहार दिन चाहने महिला यस्तो शल्यक्रिया गर्न आइरहेको उनीहरू सुनाउ“छन् । ती महिलाका लागि यो आनन्दको विषय हो । तर म जे गरिरहेकी छु, त्यो योभन्दा भिन्न छ । यो आनन्दका लागि होइन । मेरा बिरामीका शान्तिपर्ूण्ा भविष्य र एउटा सुखद दाम्पत्य जीवनका लागि यसको विकल्प छैन ।'
डा एब्कासिसका अनुसार उनी सातामा दर्ुइदेखि चारजनाको झिल्ली पुनःस्थापन गर्छन् । 'पmेन्च कलेज अफ गाइनकोलोजिस्ट एन्ड अब्सटेटि्रसियन्स'ले यो काम नैतिकता, सांस्कृतिक र स्वास्थ्य पृष्ठभूमि विरुद्ध रहेको आरोप लगाउ“दै यसको विरोध गरेको छ ।
'हामीले समानता प्राप्तिका लागि आन्दोलन गरेका थियां । सन् १९६८ मा परिवार नियोजन र गर्भपतनका लागि महिलाले लैङ्गकि आन्दोलन गरेका थिए', टोली नेता डा जाकविस लान्साकले भनिन्- 'यति धेरै संख्यामा झिल्ली पुनःस्थापन हुनु भनेको असामान्य र पहिले भोगेका दुःखका दिनमा र्फकनु हो ।'
माकेडोनमा जन्मिएकी एक मुस्लिम महिला केटा साथीस“गको आठ वर्षलामो सम्बन्ध थाहा
पाएर बाबुले सजाय नदिउन् भनी शल्यक्रिया गरेको बताउ“छिन् ।
'मलाई डर लागेको थियो, मेरो बुबाले म कुमारी छु कि छैन भनी थाहा पाउन मलाई डाक्टरकहा“ लैजानेछन्', पmेन्कर्फटमा बसेर सानो व्यापार गरिरहेकी ३२ वषर्ीया यी महिलाले भनिन्- 'उनले मलाइ भने- म तिमीलाई सबै कुरा माफ गर्न सक्छु, तर मेरो सम्मानमा दाग लाग्ने किसिमको फोहोरी काममा माफ गर्दिन । मलाई मार्छन् भन्ने डर थिएन, तर पिट्छन् भन्नेमा कुनै शंका थिएन ।'
एउटा अर्को घटनामा महिला र उनको साथी शल्यक्रियाका लागि तयार भए । मोरक्कोकी २६ वषर्ीया पmेन्च महिलाले चार वर्षघि एउटा केटाको प्रेममा फ“सेपछि आफ्नो यौन झिल्ली गुमाएकी थिइन् । अहिले उनी विवाहको तयारीमा छिन् । यसका लागि उनी र उनका प्रेमी मिलेर पेरिसमा शल्यक्रिया गर्न ३ हजार ४ सय डलर
जुटाएका छन् ।
उनले मोरक्कोमा रहेको आफ्नो परिवारमा रुढिगत विश्वास रहेको र विवाहअघि कुमारी भए/नभएको प्रमाण स्त्रीरोग विशेषज्ञ र परिवारका साथीमाझ प्रस्तुत गर्नुपर्ने बताइन् ।
'मेरो केटा साथीका लागि यो केही होइन । उसलाई म कुमारी नभएकोमा कुनै परवाह छैन । तर यसले उसको परिवारमा भने ठूलो समस्या ल्याउ“छ', उनले भनिन्- 'शल्यक्रियापछि उनीहरूले विवाहको रात ओछ्यानमा रगत लागेको पाउनेछन् । जुन मेरालागि आफ्नो कुमारीत्वको उत्तम प्रमाण हो ।'

Courtesy : दि न्युयोर्क टाइम्स

साभार: कान्तिपुर दैनिक (२०६५।३।७)

Tuesday, May 27, 2008

अबको दन्त्यकथा

अब दन्त्यकथाका राजकुमारहरु सुकुमार हुनेछैनन्
अब दन्त्यकथाका राजकुमारहरुले राक्षसलाई मार्नेछैनन्
अब राजकुमारहरु कुरुप हत्यारा हुनेछन्
राक्षससँग मिलेर आफ्नै राजकुमारीलाई भोग्नेछन्
अनि हरेक दिन एउटा एउटा मान्छे खाएर
पुरा शहरलाई सुनसान पार्नेछन्
अब कुनै राजकुमार आएर बचाउनेछैन सहरलाई
न त राजकुमारीको प्राणप्रिय बनेर स्फटिकको खम्बा ढाल्न जानेछ
अबको दन्त्यकथामा राजकुमार राक्षससँग मिल्नेछ
अनि सुरु गर्नेछ दुस्चक्र हात्या र हिँसाको
अन्याय र अत्याचारको
आउनेछैनन् अन्तबाट बचाउन अरु राजकुमारहरु
आउनेछन् त्यहि सहरका प्रजाहरु जनता बन्न
अनि बचाउनेछन् सम्पुर्ण सहरलाई
कतै टाढा भएको स्फटिकको खम्बा फुटाएर
अथवा कतै चिरबिर चिरबिर गरेर बसेको राक्षसी चरा मारेर
पुनश्च पालिने छैनन् राजकुमारहरु
अबशेष पनि मेटाईनेछ अबको दन्त्यकथाबाट राजकुमारहरुको

-नविन गौतम
दक्षिण कोरिया

२०६५।०२।१४
अपह्रान्न ४ बजे

Wednesday, April 9, 2008

कोमलताको अबसान

बसन्तको आगमनले
लता लहरी कोमलताले लटरम्म हुन्छ
सुर्योदयसँग पलाएको कोमलता
असिना र हुरिसँगै बिलाउँछ कतै धुलो र हिलोमा गाढिएर
बसन्त कहाँ सधैं कोमलताको जननी हुन्छ र
कठोरताको बिम्ब पनि त हुन्छ
रितु राजको कठोरताको अघि
कोमल पुस्पलताको के नै लाग्छ र
उही बसन्तको घमाईलो बिहानीमा हाँसेको फुल
त्यही बसन्तको डरलाग्दो बतासमा टुट्छ पट्ट
फलको जननी बन्ने उत्कट अभिलाषामा
प्रनयको मिठो कल्पनामा
लहलह झुलेको सुन्दर फुल
बसन्तको कठोर प्रहारमा
फेरि धुलोमा मिल्छ गएर
यसरी नै बाच्नको लागि सँघर्ष गर्दा
उल्लासमा रमाएर फल दिने इच्छामा
सपनीहरु सँगाल्दै बसेको क्षणमा
सानो हावाको झोकाले पनि त
अबसान हुन्छ कोमलताको
धुलोमा मिल्छन् सपनाहरु
र फेरि रहन्छ कठोर काँढा मात्र
सबैलाई निराशाको झलक दिएर

- २०६४। १२ । २७ (साँझ ६:०० बजे)
दक्षिण कोरिया

Thursday, March 6, 2008

दुःखीहरूका थप दुःखहरू

हाम्रो नेपाल र्घार्रर्घर्ुरको देश हो । राजनीति र्घार्रर्घर्ुर, अर्थनीति र्घार्रर्घर्ुर, संस्कृति र्घार्रर्घर्ुर, इतिहास र्घार्रर्घर्ुर, साहित्य र्घार्रर्घर्ुर, कामकला र्घार्रर्घर्ुर- बस्, मुलुक आजसम्म र्घार्रर्घर्ुरको शृङखलामा चलेको छ । समाजशास्त्रका स्थापित सिद्धान्तहरूको तुलोमा नेपाली समाजलाई तौलिन सकि“दैन । तौलिनलाई र्घार्रर्घर्ुर सिद्धान्तको शरण पर्नुपर्छ । र्घार्रर्घर्ुरको हाहा होहोमा संविधानसभाको चुनाव हुने लक्षण देखियो । अर्थात् चुनाव हुने सम्भावनाको प्रतिशत उनन्चासबाट बढेर अब एकाउन्न पुग्यो ।
चुनाव हुने सम्भावना बढ्नु के थियो, कतिपय दुःखीहरूका थाप्लामा दुःखको भार थपियो । बरा यी दुःखी राजावादीहरू हुन् । हिजोसम्म यिनलाई खुदो परेको थियो । यी आदिम मानवहरू सामाजिक कलह, अभाव, अराजकता, भय, विध्वंस र आतङ्कको भुमरीमा आफ्नो जनमारा भविष्य सुरक्षित गर्न आतुर थिए । यी आन्दोलनमा घुस्थे र बम पड्काउ“थे । यी आन्दोलनकारीहरूका मथिङ्गलमा पस्थे र भित्रभित्रै कचिङ्गलको खेती गर्थे । भौतिक विनाश, जातीय दङ्गा, साम्प्रदायिक दर्ुभाव र अत्यासकारी अन्योलको सिर्जना गर्नु यिनको प्रिय दिनचर्या थियो । एकाएक चुनाव हुने छनक देखियो र यिनका यी यावत् सश्त्रास्त्रहरू निस्तेज भए । र यी विचराहरूको दुःखको बढुवा भयो ।
र्घार्रर्घर्ुरको शैलीमा मधेसी नेताहरू र लाठे तीन दलको मिलापत्र भयो । यो मिलापत्र तातो पि“डालु भएर राजावादीहरूका घा“टीमा अड्कियो । न निल्न सजिलो, न ओकल्न सहज । सूबथा काजी मधेसको आगो देखाएर चुनाव वहिष्कारको डम्फु पिट्दै थिए । पशुपति राणा मधेसीहरूका आकाङ्क्षाको मौसमी प्रवक्ता भएर स्वा“गे उदारताको दमाहा ठोक्दै थिए । प्रकाशचन्द्र बाजे सिन्डिकेटको पुराण कथेर घुमाउरो पाराले राजतन्त्रको ओकालत गर्दै थिए । अनि काजी कमल थापा चाइने माथिकको सेवामा मण्डले र कुण्डले, त्रिशूलधारी र नागा बाबाहरूको फौज गठन गर्न तल्लिन थिए । तर जब परिस्थिति हठात् चुनावी दिशातर्फमोडियो, अलिबेर त यी सबैको होसहवास गुम भयो । चुनावको विरोध गरू“, शान्ति-प्रक्रिया बिथोलेको डरलाग्दो बात लाग्ने । चुनावलाई सकारू“, सामाजिक मानचित्रमा आफ्नो टेक्ने धरती, समात्ने हा“गो र अडेस लाग्ने फेद कतै नदेखिने । दुःखसागरमा दुःखीहरू घा“टीसम्म डुबे †
आखिरमा दुःखसागरमाझ परालको त्यान्द्रो समातेर यिनले लाचार स्वरमा चुनाव लड्ने कुरा झिके । लड्नु त लड्नु, कुन मुद्दाको ध्वजा उठाएर
लड्नु - दुःखिया नाथेको दुःख न हो, चुनाव लड्नलाई सढाउ राजतन्त्रको रक्षाबाहेक यीस“ग कुनै मुद्दा भएन । र जालझेलको उही काइते खेल खेल्ने दाउमा यिनले संवैधानिक राजतन्त्रको झुत्रो झण्डा थपक्क बोके ।
यसो सुन्दा संवैधानिक राजतन्त्रले दिने अर्थ बडो मुलायम प्रतीत हुन्छ । विलकुल हानिरहित । कुरा हो पनि । सच्चा संवैधानिक राजा संविधानले बनाइदिएको खोपामा चुपचाप बस्छ । जनताले दिएको भत्ता आनाकानी नगरिकन कुपुकुपु खान्छ । ऊ सत्ता मुठ्याउन जोरी खोज्दैन । सत्ताको ढुकुटी लुट्न ऊ लामा हात गर्दैन । उसो त जोरी खोज्न र लामा हात गर्न उसमा दम नै हु“दैन । नागरिकका हक हर्न ऊस“ग शासकीय अख्तियार हु“दैन । नत नागरिकको हत्या गर्न उसका हातमा बन्दुक नै हुन्छ । ऊ चार्डपर्व र उत्सवमा सलामी खान्छ । ऊ सुपर मार्केटमा किनमेल गर्न आफै“ जान्छ । यदाकदा ऊ टेम्पो पनि चढ्छ । पानी पर्दा ऊ छाता ओडेर फुटपाथमा लुसुलुसु हि“ड्छ । संवैधानिक राजाको छोरो मदिराले मातेर नागरिकका ज्यान पेल्दै गाडी कुदाउ“दैन । नत ऊ डिस्कोमा गएर निर्लज्जतासाथ नर्तकीहरूका स्तन नै र्स्पर्श गर्छ । वाह, कति राम्रो संवैधानिक राजतन्त्र †
यो युरोपका कतिपय मुलुकमा निरंकुश राजतन्त्रको निस्तेज छायाका रूपमा शेष रहेको संवैधानिक राजतन्त्रको विम्ब हो । त्यहा“का राजा वास्तवमा राजा नै होइनन्, फगत राजाका कार्टर्ुहुन् । यी बुख्या“चा राजा सयौ“ वर्षो सत्ता-सङ्र्घष्ामा जनतास“ग हारेर बा“की रहेका केवल राजारूपी मैनका पुतली हुन् । लामो र कठोर सङ्र्घष्ाको क्रममा नागरिकहरूले निरंकुश राजाहरूका दाह्रा-नङ्ग्रा उखेले । र तिनको लोभी र विलासी चित्तवृत्तिमा आगो झोसिदिए । त्यो आगोमा जलेर म श्रेष्ठ, म महान, म भगवानको औतार, म संविधानभन्दा माथि, म निर्विकल्प, म प्रश्नातीत भन्ने खालका तिनको दम्भ, तिनको हुङ्कार र तिनको शेखी सबै खरानी भयो । र आखिरमा यस धरतीमा कुनै बेला राजा भन्ने जीव पनि थियो भनी
देखाउन युरोपमा मर्ूर्तिवत् राजा बा“की राखिएको छ ।
अनि हाम्रोमा - राजा ज्ञानेन्द्रलाई त्यसरी दम्भ, हुङ्कार, शेखी, तामसीपन, क्रूरता र लोभबाट मुक्त गर्न कम्तीमा पनि तीन सय वर्षलाग्छ । यो संस्कार परिवर्तन वा रूपान्तरणको कुरा हो । वागी नागरिकहरूले लामो समयसम्म ङ्याकेर, पछारेर, लतारेर, गिज्याएर र ठोकेर साइजमा ल्याएपछि मात्र निरंकुश राजा संवैधानिक राजामा फेरिन्छ । रूपान्तरणको यो लामो र कष्टकर प्रक्रियामा राजा कि फा“सी चढ्छ कि संवैधानिक नाउ“को सादा नागरिकमा फेरिन्छ । सूबथा काजी, पशुपति राजा, प्रकाशचन्द्र बाजे र कमल भैयाले जप्ने गरेको संवैधानिक राजा कस्तो हो - यी चारैजना पढे-लेखेका मनुवा हुन् । विश्वको इतिहासमा राजतन्त्रको उत्थान, पतन वा रूपान्तरणको कथा त यिनले पढेकै होलान् । तर पढेर खोइ यिनले बुझेका - निरंकुश चरित्र र संस्कार सग्लै र सिङ्गै भएको राजामा संवैधानिक राजा देख्न रहर गर्ने यिनका आ“खामा पूरै फुलो परेको त नहोला नै †
निरंकुश राजतन्त्रको अगस्ती सु“डले रगत चुस्दा कस्तो अनुभव हुन्छ, महापञ्च, मिनी पञ्च, मण्डले र कुण्डलेहरूलाई थाहा छैन । बरु यिनलाई चुसाइको अङ्शभागको स्वाद थाहा छ । दमनकारी राजतन्त्रले व्रि्रोही नागरिकलाई सङ्गीनले रोप्दा वा एकलासे फौजी ब्यारेकमा किस्ता-किस्ता गरी मार्दाको पीडा कस्तो हुन्छ, यिनलाई त्यो पनि थाहा छैन । बरु यिनलाई त आफ्ना ख्वामित्का त्यस्ता कर्मबाट प्राप्त हुने आनन्दको अनुभूति होला । त्यसैले निहित स्वार्थवश, जर्ीण्ा संस्कारवश र मूढ अज्ञानतावश यिनले निरंकुश राजतन्त्रलाई संवैधानिक आवरणभित्र जोगाउन रहर गर्नु अचम्म होइन । तर निरंकुश राजतन्त्रलाई शिरमा बोकेर चुनावमा जा“दा यिनको रहरको रामधुलाइ पो होला कि भन्ने मलाई ठूलो डर छ । बरा विचरा हद अभागी दुःखीहरू †
तर यी दुःखीहरूमध्ये महादुःखी अरू नै दर्ुइजना छन् । एक महादुःखीको बास समुद्रपारि आङ्ल प्रदेशमा छ । अर्का महादुःखीको बास छ, समुद्रवारि महेन्द्रीय मानसिक प्रदेशमा । पारिका महादुःखीको छद्म नाम मनुज चौधरी हो । वारिका महादुःखीको सक्कली नाम हो सुधीन्द्र शर्मा । पारिका महादुःखीले एक साप्ताहिक पत्रिकाको स्तम्भमा निरंकुश राजतन्त्रलाई घ्याप्प का“ध थापेका छन् । वारिका महादुःखी जनमत र्सर्वेक्षणको विश्लेषण गरेको अभिनय गर्छन् र बडो उदार दिलले राजतन्त्रलाई लगभग पचास प्रतिशत मत ट्याक्क भाग लगाइदिन्छन् । पारिका महादुःखी राजतन्त्रको निषेधका अभियन्ताहरूका नाउ“मा दुदर्ुइ हप्तामा डोजका डोज अर्ती
र धम्की जारी गर्छन् ।
वारिका महादुःखी वैज्ञानिक विश्लेषणविधिको धक्कु लगाउ“दै जागेका नागरिकहरूलाई सरासर ढा“ट्छन् ।
यी दुबै महादुःखी पुस्तक पढेका र संसार देखेका मानव हुन् । एकजनाको नाउ“ अगाडि त डाक्टरीको सिउर पनि गा“सिएको छ क्यारे । यी दर्ुइ विद्वानले कुन राजालाई संवैधानिक आसनमा राख्न यत्रो जिद्दी गरेका हुन्, यसो गमेर ल्याउ“दा मलाई अचम्म लाग्छ । जो भएका राजा र तिनका छोरास“ग सामाजिक अनुहार छैनन् । फादर किङ र सन किङको रहर नपुगी बेबी किङलाई सिंहासनमा राख्न रीति र विधिले दि“दैन । अनि - पारि र वारिका महादुःखीद्वय † हजुरहरूको इच्छा मुताविकको नरम, उदार र ज्ञानी राजा कुन कालिगढले, कुन धातुले कुन कारखानामा उत्पादन गरिदिने हो - कि युरोपतिरबाट आयातै पो गर्ने हो कि -
बरा विचरा पारि-वारिका राजावादीहरूका अकथनीय दुःखहरू †


साभार:
बेलाको बोली
खगेन्द्र संग्रौला
कान्तिपुर दैनिक
२०६४ साल फाल्गुण २३ गते, बिहिबार

Wednesday, March 5, 2008

बसन्त आउँदैमा हरियाली आउँदैन

प्रबासमा नौलो भएको समय
बसन्त बाहार ल्याउने मौसम नहुँदा
प्राप्तिको दिनको उल्लासनै कहा रहन्छ र
दुर कतै भएकी प्रेयसीको यादमा तड्पिँदा
बसन्त पनि त फिक्का हुन्छ
कसरी आउँछ हरियाली
जब मुजुरा नै पलाउँदैन भने
कसरी फुल्छ फुल
जब प्रेमको पराग नै उडेर हराउँछ हावामा भने
टाढा हुँदाको एक्लोपनमा
बिछोडिनु को पिडामा
केबल काँडा मात्र उम्रन्छ
सिरिङ्ग हुन्छ शरीर
पातहरु सबै झर्छन्
मनहरु ओइलाउँछन्
उमङ्ग को बतासनै छैन भने
आफ्नुपनको न्यानो नै छैन भने
कसरी उम्रन्छन् पातहरु
कसरी छाउन सक्छ र हरियाली

Tuesday, February 5, 2008

Should not the Minister for supply be dismissed ?

Yesterday (Feb 04, 2007) Avenues television telecasted a controvorsial informal statement by Minister for supply Shyam Sundar Gupta. Mr. Gupta had held a party for journalists in Hotel Orchid Tripureshwor in which he stated something which is offensive for Nepalese people. He had stated that he is not concerned over the raise in price for petroleum products. He clearly stated that he is not serious towards the difficulties that Nepalese people are facing for mere 5 to 10 litres of diesel and 1 or 2 litres of kerosene. Mr. Gupta told "I feel like laughing when I see people in a quee in front of gas stations. I am not concerned over the difficulties that people are facing. Let them face such situation. Why should I be concerned over it?"
Though these are the statements that are made informally in a party, these are serious statements. This clearly shows that the minister is not concerned about the problems that Nepalese people are facing. Whats the need of such minister then ? Should not he be dismissed immediately ?
If he is not concerned over the problems that Nepalese are facing because of his inability to smoothen the supply of petroleum products, what's the use of feeding him with the tax paid by those public ? Lets start thinking and lets create pressure to dismiss such minister ?