Wednesday, March 5, 2008

बसन्त आउँदैमा हरियाली आउँदैन

प्रबासमा नौलो भएको समय
बसन्त बाहार ल्याउने मौसम नहुँदा
प्राप्तिको दिनको उल्लासनै कहा रहन्छ र
दुर कतै भएकी प्रेयसीको यादमा तड्पिँदा
बसन्त पनि त फिक्का हुन्छ
कसरी आउँछ हरियाली
जब मुजुरा नै पलाउँदैन भने
कसरी फुल्छ फुल
जब प्रेमको पराग नै उडेर हराउँछ हावामा भने
टाढा हुँदाको एक्लोपनमा
बिछोडिनु को पिडामा
केबल काँडा मात्र उम्रन्छ
सिरिङ्ग हुन्छ शरीर
पातहरु सबै झर्छन्
मनहरु ओइलाउँछन्
उमङ्ग को बतासनै छैन भने
आफ्नुपनको न्यानो नै छैन भने
कसरी उम्रन्छन् पातहरु
कसरी छाउन सक्छ र हरियाली

No comments: