Tuesday, May 27, 2008

अबको दन्त्यकथा

अब दन्त्यकथाका राजकुमारहरु सुकुमार हुनेछैनन्
अब दन्त्यकथाका राजकुमारहरुले राक्षसलाई मार्नेछैनन्
अब राजकुमारहरु कुरुप हत्यारा हुनेछन्
राक्षससँग मिलेर आफ्नै राजकुमारीलाई भोग्नेछन्
अनि हरेक दिन एउटा एउटा मान्छे खाएर
पुरा शहरलाई सुनसान पार्नेछन्
अब कुनै राजकुमार आएर बचाउनेछैन सहरलाई
न त राजकुमारीको प्राणप्रिय बनेर स्फटिकको खम्बा ढाल्न जानेछ
अबको दन्त्यकथामा राजकुमार राक्षससँग मिल्नेछ
अनि सुरु गर्नेछ दुस्चक्र हात्या र हिँसाको
अन्याय र अत्याचारको
आउनेछैनन् अन्तबाट बचाउन अरु राजकुमारहरु
आउनेछन् त्यहि सहरका प्रजाहरु जनता बन्न
अनि बचाउनेछन् सम्पुर्ण सहरलाई
कतै टाढा भएको स्फटिकको खम्बा फुटाएर
अथवा कतै चिरबिर चिरबिर गरेर बसेको राक्षसी चरा मारेर
पुनश्च पालिने छैनन् राजकुमारहरु
अबशेष पनि मेटाईनेछ अबको दन्त्यकथाबाट राजकुमारहरुको

-नविन गौतम
दक्षिण कोरिया

२०६५।०२।१४
अपह्रान्न ४ बजे

1 comment:

Anonymous said...

i think yo kabita ma rajtantra ko antya ko bakhan garnu khojnu bhako cha lekhak le aani yo kabita ma aali swachndta ko badi bhav betincha .