जहाँ शब्दको मर्म शब्दकोषमा खोजिन्छ
जहाँ शब्दहरुको अर्थ शब्दकोषमा मात्र खोजिन्छ
जहाँ बोलिको मर्मले कुनै हैसियत राख्दैन
जहाँ भावनाको कुनै कदर हुँदैन
जहाँ लिने र दिनेको व्यापार मात्र चल्छ
त्यहाँ व्याख्याले सक्दैन बुझाउन
भावनाले सक्दैन सम्झाउन
स्वार्थको चक्रब्युह रच्ने समाजमा
स्वार्थको धेराभित्र डुबेको अभिमन्युले
कसरी सक्छ र चक्रब्युह तोड्न
शब्दको अस्त्र प्रयोग गरेर
कसरी सक्छ र सकुशल निक्लन
ब्याख्या गरेर यथार्थहरुको
पिल्सिएर बस्छ अभिमन्यु
पल पल आफ्नो मृत्यु कुरेर
अनि मारिदिन्छन् क्रुर जयद्रथहरुले
परिस्थितिको चक्रब्युहमा
त्यहि शब्दको अस्त्र फगत शब्दकोषबाट लिएर
२०६५।११।१३
February 24, 2009, Tuesday (4:15 PM)
Korea
Tuesday, February 24, 2009
Friday, February 13, 2009
आधा फक्रिएको गुलाब

शितको प्रेमले लपक्क भिजेर
सम्पुर्ण पत्रमा टाँसिएको रत्नधारा
चमचम गरेका ओठका लाली
अलि अलि निखारिएको यौवन
लाजले लाल गालाहरु
खुलेर फक्रन उद्वत पत्रहरु
लाज छोप्ने हरिया पत्ताहरु
सुन्दरता प्रदर्शक कोमल डाँठ
शरिरभित्र मधुर वासना लुकाई
भिजेको कायाको स्पर्श गराई
सुगन्धले लठ्ठ पारी
बिहानी जवान पवनलाई
प्रणयको स्वाद चखाई
प्रेमपुजारी भँवरालाई
प्रभाती किरणको आगमनसँगै
पुर्णत फक्रने चेष्टा गर्दैछ
आधा फक्रिएको गुलाब
Subscribe to:
Posts (Atom)
