
शितको प्रेमले लपक्क भिजेर
सम्पुर्ण पत्रमा टाँसिएको रत्नधारा
चमचम गरेका ओठका लाली
अलि अलि निखारिएको यौवन
लाजले लाल गालाहरु
खुलेर फक्रन उद्वत पत्रहरु
लाज छोप्ने हरिया पत्ताहरु
सुन्दरता प्रदर्शक कोमल डाँठ
शरिरभित्र मधुर वासना लुकाई
भिजेको कायाको स्पर्श गराई
सुगन्धले लठ्ठ पारी
बिहानी जवान पवनलाई
प्रणयको स्वाद चखाई
प्रेमपुजारी भँवरालाई
प्रभाती किरणको आगमनसँगै
पुर्णत फक्रने चेष्टा गर्दैछ
आधा फक्रिएको गुलाब

No comments:
Post a Comment